काभ्रेपलान्चोक जिल्लाका गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर वितरण

कोरियन सरकार (कोइका) ले काठमाडौँ विश्वविद्यालयलाई उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर यही मिति २०७९ भाद्र ५ र असोज ७ गते काठमाडौँ विश्वविद्यालय धुलिखेलमा विशेष कार्यशाला गोष्ठीको आयोजना गरी काभ्रेपलान्चोक जिल्लाका सम्पूर्ण गाउँपालिकालाई आवश्यकताका आधारमा वितरण गरियो । उक्त कार्यक्रममा अक्सिजन कन्सनट्रेटर मेसिनको प्राविधिक पक्ष र सञ्चालन विधि बारे काठमाडौँ विश्वविद्यालयका प्रा. डा. बिमप्रसाद श्रेष्ठ तथा उहाँको समूहले तथा अक्सिजन कन्सनट्रेटरलाई बिरामीले प्रयोग गर्ने विधिबारे डा. विराट आचार्य र उहाँको समूहले प्रकाश पारेको थियो । सम्बन्धित पालिकाका तर्फबाट पालिकाप्रमुख / वडाप्रमुख / स्वाथ्यकर्मीको उपस्थिति रहेको थियो । अक्सिजन कन्सनट्रेटर हस्तान्तरण समारोहमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्स तथा स्कुल अफ इन्जिनियरिङका डिन लगायत विश्वविद्यालयका रजिस्ट्रारको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना विश्वविद्यालयको सामुदायिक सम्बन्ध विस्तार महाशाखाले गरेको थियो ।
अक्सिजन कन्सनट्रेटर प्राप्त गर्ने काभ्रेपलान्चोक जिल्लाका पालिकाहरूको नामावली —
१) धुलिखेल नगरपालिका वडा नं. ५
२) धुलिखेल नगरपालिका वडा नं. ४
३) खानीखोला गाउँपालिका वडा नं. ६
४) चौरीदेउराली गाउँपालिका वडा नं. १
५) तेमाल गाउँपालिका वडा नं. ५
६) रोसी गाउँपालिका वडा नं. १०
७) भुम्लु गाउँपालिका वडा नं. २
८) भुम्लु गाउँपालिका वडा नं. ३
९) बेथानचोक गाउँपालिका वडा नं. १
१०) बेथानचोक गाउँपालिका वडा नं. ५
११) महाभारत गाउँपालिका
१२) तेमाल गाउँपालिका
१३) भुम्लु गाउँपालिका (आधारभूत अस्पताल)
१४) रोसी गाउँपालिका
१५) चौरीदेउराली गाउँपालिका
१६) खानीखोला गाउँपालिका वडा नं. ४
१७) चौरीदेउराली गाउँपालिका वडा नं. ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *