धुलिखेल नगरपालिका वार्ड नम्बर चारका वार्ड अध्यक्ष लगायत सदस्यहरु संगको अन्तरक्रिया कार्यक्रम

काठमाडौँ विश्वविद्यालयले स्थापनाकालदेखि नै विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै समुदायसंग सहकार्य गर्दै आएको छ । यस्तो सहकार्यले आदर्शमूलक समाजको निर्माण हुन सघाउने तथ्यलाई आत्मसाथ गर्दै, विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई अझ गाढा बनाउने उद्देश्य अनुरूप गत असार ६ गते धुलिखेल नगरपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष लगायत सदस्यज्युहरुलाइ काठमाडौँ विश्वविद्यालयमा स्वागत तथा बधाई ज्ञापन गर्ने, र साथै अन्तक्र्रिया पनि गर्ने कार्यक्रमको आयोजना गरियो ।
विश्वविद्यालयका कार्यक्रमका बारेमा वार्ड अध्यक्ष लगायत सदस्यज्युहरु मार्फत समुदायमा जानकारी गराउनु, समुदायको अपेक्षाका बारेमा विश्वविद्यालयले जानकारी लिनु तथा यस आधारमा विश्वविद्यालय र समुदायलाई आपसमा प्रभावकारी ढङ्गले जोड्ने विषयमा छलफल गर्ने बिषयमा कार्यक्रम केन्द्रित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *