खाद्य प्रबिधि र जैविक प्रबिधिका साझा बिषय माथि अनुसन्धानका सम्भावनाको बारेमा छलफल

२०७९ पुष ५

काठमाडौँ बिश्वबिधालय उपकुलपतिको कार्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाको संयोजकत्वमा त्रिभुवन बिश्वबिधालय, केन्द्रिय खाद्य प्रबिधि बिभाग, धरानका विभागीय सदस्य उपप्राध्यापक श्री बन्टी मास्केले काठमाडौँ बिश्वबिधालयको प्राज्ञिक अवोलोकन भ्रमण गर्नु भयो। यसै क्रममा केन्द्रिय खाद्य प्रबिधि बिभागको तर्फ बाट केन्द्रिय खाद्य प्रबिधि बिभागले प्रकाशित गर्ने गरेको अनुसन्धानमुलक जर्नल काठमाडौँ बिश्वबिधालय उपकुलपतिको कार्यालय तथा काठमाडौँ बिश्वबिधालय पुस्तकालयलाइ  उपहार स्वरुप जर्नलका व्यवस्थापकीय सम्पादक श्री बन्टी मास्केले  जर्नलको एक एक प्रति प्रदान गर्नु भयो। श्री मास्केले काठमाडौँ बिश्वबिधालयको जैविक प्रबिधि बिभागको प्रयोगशालाको प्राज्ञिक अवलोकन पनि गर्नु भयो र  भविष्यमा  खाद्य प्रबिधि अनुसन्धानको क्षेत्रमा काठमाडौँ बिश्वबिधालयको जैविक प्रबिधि बिभाग संग सहकार्य गरि अघि बढ्ने सम्भाभ्यता माथि काठमाडौँ बिश्वबिधालयको जैविक प्रबिधि  विभागीय प्रमुख प्रा डा सुबोध कुमार उपाध्याय संग  छलफल गर्नु भयो। छलफलको क्रममा उपकुलपतिको कार्यालय बाट श्री किशोर खनालको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ