हाम्रो बारेमा

काठमाडौं विश्वविद्यालयले स्थापना काल देखि नै समुदायसंगको मैत्रीपूर्ण सम्बन्धलाई सदैव कायम राखी अगाडि बढि रहेको र यस कार्यको निरन्तरताको लागि काठमाडौं विश्वविद्यालयमा समुदायिक परिचालन महाशाखाको स्थापना भएको हो । विश्वविद्यालयका सम्पूर्ण गतिविधिहरुलाई समुदाय स्तरमा लैजाने माध्ममको रुपमा यो महाशाखाले कार्य गर्दछ । हाल देशव्यापी रुपमा विभिन्न स्तरमा आफ्ना कार्यलाइ अगाडि बढाउने उदेश्यका साथ लागि परि रहेको छ । विशेषत यस महाशाखाले समुदायमा भएका समस्याको पहिचान गरि कार्यक्रम विकास तथा विस्तार गर्नुका साथै अनुसन्धान तथा अभ्यासबाट प्राप्त सीपलाई सम्वन्धित समुदायसंग सहकार्य गरी समुदायका विविध क्षेत्रको स्तर उन्नतिको लागि काम गर्दछ ।
समुदायमा रहेका समस्याहरुलाई समाज परिवर्तन गर्ने अवसरको रुपमा उपयोग गर्न सकिन्छ । विश्वविद्यालयबाट प्राप्त ज्ञान, सीप र धारणा कत्तिको उपयोगी छन् भनि परिक्षण गर्ने थलो समाज नै हो । त्यसको सट्टामा विश्वविद्यालयले स्थायित्व, विकास र व्यवसायीक सहायता प्रदान गर्दछ । काठमाडौं विश्वविद्यालय उपकुलपतिको कार्यलय अन्तर्गत रहेको सामुदायिक परिचालन माहाशाखाले समाजमा शिक्षा मैत्री वातावरण निर्माणको निमित्त स्थानीय समुदायको प्रयत्नमा सहजकर्ताको भूमिका खेल्ने उदेश्य राख्दछ ।

सम्पर्क व्यक्ति

Community Engagement Division functions under the Office of the Vice-Chancellor. Along with it, Mr. Kishor Khanal, who leads the division, is the main contact person at the office.

kk

Mr. Kishor Khanal

Associate Director

pramod-thapa

श्री. प्रमोद थापा

प्रशासन

Barsha-Kayastha

Ms. Barsha Kayastha

Intern

Pritika-Bhatta

Ms. Pritika
Bhatta

Intern

sadikshya-karmacharya

Ms. Sadikshya Karmacharya

Intern

समुदायले के गर्न सक्छ ?

समुदायमा अनगिन्ति अनौपचारिक ज्ञान, सीप र प्रविधिहरु हुन्छन् ।

समुदायसंग भएका उक्त ज्ञान,सीपहरु निकै मूल्यवान छन् जुन सहकार्य, साझेदारी र दिगो विकासको लागि महत्वपूर्ण हुन्छन् ।

समुदायले बौद्धिक र व्यवसायिक व्यवस्थापनको लागि नेतृत्व, स्रोत र मुद्दाहरु प्रदान गर्दछ ।

विश्वविद्यालयले के गर्न सक्छ ?

विश्वविद्यालयबाट प्राप्त ज्ञान, सीप र धारणा कत्तिको उपयोगी छन् भनि परिक्षण गर्ने थलो समाज नै हो । विश्वविद्यालयले आफ्ना विद्यालयहरु मार्फत अनुसन्धान र शैक्षिक गतिविधिहरुबाट समुदायको विकास र उन्नति गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्ने वातावरण प्रदान गर्दछ।

त्यसको साथै विश्वविद्यालयले समुदायलाई स्थायित्व, विकास र व्यवसायीक सहायता प्रदान गर्दछ ।

उदेश्य

प्राथमिकताको क्षेत्र पहिचान गरि समुदायको उत्थान र विकासका लागि समुदायसगैं सहाकार्य गर्ने मूल उदेश्य सहित सामुदायिक परिचालन महाशाखा काठमाडौं विश्वविद्यालयले स्थानीय सरोकारवालाहरु, स्थानीय निकाय, सामाजिक संघ संस्थाहरु, विद्यार्थीहरु, शिक्षकहरुलाई सामाजिक विकासको कार्यमा स्थानीय स्तरबाट नै उच्चतम सहभागिताको लागि सहजकर्ताको भूमिका निर्वाह गर्नु हो ।

परियोजना र सहकार्य

काठमाडौं विश्वविद्यालयले आफ्नो स्थापना काल देखि हालसम्म सयौं परियोजना मार्फत समुदायको उन्नति, विकास र कल्याणको लागि आफ्ना स्कुलहरुको संलग्नतामा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । जस्को सम्पूर्ण विस्तृत जनकारी यसै साथ दिइएको छ ।

हामी कसरी काम गर्छौं?

सामुदायिक परिचालन महाशाखाले मूलतःतीन ढाँचालाई आधार मानेर कार्य गर्दछः

समुदायको समस्याहरुको पहिचान

विभिन्न समुदाय र क्षेत्रबाट विश्व विद्यालयमा पठनपाठनको लागि आएका विद्यार्थीहरु समाजमा रहेका विद्यमान समस्या पहिचान गर्ने मुख्य स्रोत हुन् , उक्त समस्याहरुलाई न्यूनिकरण र समाधान गर्न आफ्ना पाठ्यक्रमहरुलाई समय सान्दर्भक अद्यावधिक गरि विद्यार्थीहरुमा प्रशारण गर्ने काम विश्वविद्यालयले गर्दछ ।

विश्वविद्यालयसंग समुदायको सहभागिता

नेपाली समुदायमा पहिले देखि नै काठमाडौं विश्वविद्यालयसंग विश्वास र विश्वसनियताक भावना विकसित भइसकेको र उक्त विश्वास र विश्वसनियता कायम गर्ने लक्ष्यका साथ विश्वविद्यालयले समुदायको विकासको लागि उच्चतम अध्ययन र अनुसन्धानद्वारा पोख्त आफ्ना विद्यार्थी र शिक्षकहरुलाई सामुदायिक कार्यमा लगाइ रहेको छ । समुदायहरु विश्वविद्यालयले आफ्ना समस्याहरुको र अन्य मुद्दाहरुको उन्मुलनको लागि गरेको प्रयासको सम्मान गर्दछन् साथै यसरी नै धेरै समुदायहरुले विगत देखि वर्तमान अवस्थामा पनि आफूलाई काठमाडौं विश्वविद्यालयमा सहभागि गराइ रहेका छन् । उक्त सहभागितालाई अबका दिनहरुमा पनि अझै व्यवस्थित र प्रभावकारी रुपमा समुदायिक परिचालन महाशाखाद्वारा अगाडि लगिने छ ।

अन्य संघ संस्थाको संलग्नता

काठमाडौं विश्वविद्यालयको विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सुमधुर सम्वन्ध रहेको छ । ती संघ संस्थाहरुका विविध खालका परियोजनाहरुको लागि उनीहरुलाई विश्वविद्यालयका विशेषज्ञहरुको आवश्यकता पर्दछ, यस किसिमका विश्वका विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुसंग पनि काठमाडौं विश्वविद्यालयले सहकार्य गर्दछ ।

ne_NP